७ आश्विन २०८१, सोमबार

चितवनमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि ८६ जना चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित

प्रकाशित मिति :  8 May, 2021 8:27 am


चितवन । चितवनमा कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालहरुमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडीकल कलेजमा १९, विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना कोरोना संक्रमित भइसकेका छन् ।

यस्तै बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना सङ्क्रमित भएको जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालले जानकारी दिइन् ।

सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरु मध्ये कतिपय कोरोना संक्रमण मुक्त भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !