७ आश्विन २०८१, सोमबार

अर्घाखाँची–जापान समाजद्वारा इलेक्ट्रिक अक्सिजन मेसिनका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग

प्रकाशित मिति :  8 May, 2021 9:52 am


अर्घाखाँची । अर्घाखाँची–जापान समाजले इलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि ४ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाका अध्यक्ष अशोककुमार खनाल र अर्घाखाँची–जापान समाजका अध्यक्ष बाबुराम पौडेलले संयुक्त पहल सुरु गरेका थिए ।

समाजले अध्यक्ष खनालको खातामा जम्मा हुनेगरि नेपाल राष्ट्रिय बाणिज्य बैंक अर्घाखाँची शाखामा रकम जम्मा गरिदिएको हो ।

जिल्ला अस्पताल अर्घाखाँचीका अस्पताल प्रमुख मेसु डाक्टर कपिल गौतमले इलेक्ट्रिक अक्सिजन मेसिनको अर्डर भइसकेको र केही दिनभित्रै आइपुग्ने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !