५ आश्विन २०८१, शनिबार

बाहिर बाट जाने कामदारलाई खोप अनिवार्य गर्दै साउदी सरकार

प्रकाशित मिति :  8 May, 2021 10:08 am


काठमाडौ । साउदी अरबले सबै कामदारलाई कोरोना खोप लिन अनिवार्य मापदण्ड बनाउन थालेको छ । मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले यस्तो जनाएको हो ।

सार्वजनिक, निजी वा गैरसरकारी कुनै पनि क्षेत्रमा काम गर्ने कामदारले कोरोना भाइरस खोप लिएर मात्र काममा फर्किने अनिवार्य सर्त बनाउन लागेको सो मन्त्रालयले ट्वीट गरी जनाएको छ ।

खोप लिन नाम लेखाउन भन्दै मन्त्रालयले थप मिति र प्रक्रियाका बारेमा जानकारी गराउने जनाएको छ । साउदी अरबको २९ प्रतिशत जनसंख्यालाई खोप दिन खोजेको यो योजना अन्तर्गत स्वास्थ्य मन्त्रालयले एक करोड भन्दा बढी कोरोनाभाइरस खोपको मात्रा दिने योजना बनाएको हो ।

दैनिक नयाँ सक्रमण १ हजार जति आइरेको देखिएको साउदी अरबमा अहिलेसम्म कुल संक्रमितको संख्या त्यहाँ ४ लाख २३ हजार नाघेको छ भने कोरोनाबाट मर्नेहरूको संख्या ७ हजार भन्दा बढी छ ।



प्रतिक्रिया दिनुहोस !