७ आश्विन २०८१, सोमबार

९० रुपैयाँको औषधीमा ८ हजारको स्टिकर टाँसेर विक्री गर्ने पक्राउ

प्रकाशित मिति :  8 May, 2021 12:08 pm


बिराटनगर । सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी पसल संचालक सहित दुई जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर ४ स्थित साथि मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव को प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार दिनको १२ बजे बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आलमले संचालन गरेको औषधी पसलमा खानतलासी गर्दा स्टासेफ नामक औषधी ४ बट्टा (सिसी) र रेम्डेसिभिर नामक औषधि १ बट्टा (सिसी) मा महंगो स्टिकर टाँसेको अवस्थामा फेला पारेको हो ।

आलमले स्टासेफ औषधी ९० रुपैया मा खरीद गरि  नक्कली स्टिकर टाँस गरी ८ हजार सम्ममा बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानमबाट खुलेको प्रहरीले जनाएको छ । औषधीमा टाँस्ने स्टिकर भारतको पटनाबाट आयात गरी ल्याइएको हो ।

रेम्डेसिभिर कोरोनाको उपचारमा प्रयोग हुने  गरेकाे छ । प्रहरीका अनुसार पक्राउ परेकामध्य यादव २०७७ साल कार्तिक २५ गते विराटनगर ११ बसपार्क नजिक रातो भाले होटलमा १० ग्राम ब्राउन सुगर बरामद भएको कसूरमा अनुसन्धानको क्रममा फरार आरोपित हुन् ।

उनलाई शुक्रबार विराटनगर १६ रानीस्थित आफ्नै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका आलमलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाईएको छ भने यादवलाई लागूऔषध र कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूर अन्तर्गत कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !