६ आश्विन २०८१, आइतबार

संवैधानिक परिषद्को बैठकमा कांग्रेस सभापति देउवा सहभागि नहुने,प्रधानमन्त्री ओली अफ्ठेरोमा

प्रकाशित मिति :  8 May, 2021 12:54 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा संवैधानिक परिषद्को बैठकमा नजाने भएका छन् ।

सरकारले संवैधानिक परिषदको मर्यादा र गरिमालाई समाप्त गर्ने गरि अध्यादेश मार्फत कार्य क्षेत्र सकुचित गर्ने गरि पटक पटक संवैधानिक परिषद् सम्बन्धी एनेलाई संसोध गरेको भन्दै सभापतिपति देउवाले बैठकमा सहभागि नहुने बताएका हुन् ।

सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनासयबाट प्रेरित छ । नेपाली कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न     चाहन्छ ।”

बैठकमा भाग नलिन परिषदका अन्य सबै सदस्यहरुलाई समेत कांग्रेसले आग्रह गरेको छ । अध्यादेशले संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ,“यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ ।”

देउवाको यो निर्णयपछि प्रधानमन्त्री एवं परिषद्का केपी शर्मा ओली अफ्ठेरोमा परेका छन् । परिषद् सदस्य रहेका सभामुख अग्नि सापकोटाले यसअघि नै बैठकमा सहभागि नहुने स्पष्ट पारिसकेका छन् ।

प्रधानन्यायाधिस चोलेन्द्र शमशेर राणाविरुद्व सर्वोच्च अदालतमै मुद्दा विचाराधिन रहेकाले सहभागि नहुने आकलन गरिएको छ । बहुमत सदस्यपनि नपुग्ने भएपछि परिषद बैठकमा निर्णय गर्न गाह्रो पर्ने छ ।



प्रतिक्रिया दिनुहोस !