७ आश्विन २०८१, सोमबार

१९ जना संघीय सांसदमा कोरोना संक्रमणको पुष्टि,कर्मचारीसहित १४१ जनापनि संक्रमित

प्रकाशित मिति :  8 May, 2021 3:11 pm


फाइल फोटो

काठमाडौं । प्रतिनिधि सभाका १९ जना सांसदमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार १ जना राष्ट्रिय सभाका सदस्यसमेत गरि १९ जना सांसद्मा कोरोना संक्रमणको पुष्टि भएको हो ।

त्यस्तै संघीय संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव,सुरक्षाकर्मी, ससदीय मामिला पत्रकार तथा अन्तराष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी गरि १४१ जनामा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

वैशाख २७ गते वस्ने संसद्को विशेष अधिवेशनका लागि पिसिआर परिक्षण अनिवार्य गरिएको थियो । त्यसका लागि वैशाख २२,२३ र २४ गते १२३५ जनाको स्वाब संकलन गरिएको थियो ।

स्वाब संकलन गरिएकामा २०५  जना सांसद र १०३० सचिवालयका कर्मचारीसहित थिए ।

अहिलेसम्म १२३४ जनाको रिपोर्ट प्राप्त भएकोमा सांसदसहित १६० जनामा कोरोना पोजेटिभ देखिएको प्रेस सल्लाहकार न्यौपानेले जानकारी दिए । संसद बैठकमा प्रवेशका लागि पिसिआर परीक्षण अनिवार्य गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !