७ आश्विन २०८१, सोमबार

चितवनमा पछिल्लो २४ घण्टामा ३९२ जनामा कोरोना संक्रमित थपिए

प्रकाशित मिति :  8 May, 2021 4:01 pm


चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ३९२ जनामा कोरोना संक्रमित थपिएका छन् ।

संक्रमित मध्य सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ३२० जना छन् भने रत्ननगर नगरपालिकाका २९, खैरहनी नगरपालिकाका ११, राप्ती नगरपालिकामा १२, माडी नगरपालिकामा १४ र कालिका नगरपालिकामा ६ जना रहेका छन् ।

यससँगै चितवनमा जम्मा कोरोना संक्रमितको संख्या ९,४८४ जना पुगेको छ । चितवनका अस्पतालहरुमा १६४ जना र घरमा २,१४३ जना आइसोलेसनमा छन् ।

चितवनमा अहिलेसम्म १३७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !