७ आश्विन २०८१, सोमबार

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिदा १६३ निको

प्रकाशित मिति :  8 May, 2021 4:37 pm


काठमाण्डौं । गण्डकी प्रदेशमा २७४ जना कोरोना संक्रमित थपिदा १६३ जना निको भएका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको तथ्याङ्क अनुसार ५०१ जनाको परीक्षण गर्दा २७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा सकृय संक्रमितको संख्या ४७२८ पुगेको छ ।

जसमध्य होम आइसोलेसनमा ४५९७ छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कास्कीमा १६१, नवलपरासी पूर्वमा ४५, बागलुङमा ३६ जना, तनहुँमा १८ जना पर्वत र म्याग्दीमा ५५ जना स्याङ्जामा ३ जना र गोरखामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

लमजुङ्,मनाङ, मुस्ताङ्मा कुनै संक्रमित भेटिएका छैनन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !