७ आश्विन २०८१, सोमबार

नेपालमा ८,४१८ जना कोरोना संक्रमित थपिदा ३,३७० जना संक्रमण मुक्त

प्रकाशित मिति :  8 May, 2021 5:35 pm


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८,४१८ जना कोरोना संक्रमित थपिदा ३,३७० जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार १७,३१५ जनाको पिसीआर परीक्षण गर्दा ८,२८७ जना र ९८९ जनाको एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३,६३२ पुगेको छ ।

मन्त्रालयका अनुसार संक्रमण निको हुने दर ७७.४ प्रतिशत । संक्रमित मध्य झण्डै ६ हजार बागमती र लुम्बिनी प्रदेशमा छ ।



प्रतिक्रिया दिनुहोस !