७ आश्विन २०८१, सोमबार

रुपन्देहीमा थप ६९८ जना कोरोना संक्रमण पुष्टि,बुटवल उपमहानगरपालिकामा सबैभन्दा धेरै संक्रमित

प्रकाशित मिति :  8 May, 2021 5:56 pm


रुपन्देही । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६९८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १२४१ जनामा परीक्षण गर्दा ६९८ जनामा कोरोना पोजेटिभ देखिएको हो । यससँगै रुपन्देहीमा संक्रिय कोरोना संक्रमितको संख्या ६२७३ जना पुगेका छन् ।

जसमध्य होम आइसोलेसनमा ५९१४ जना छन् भने लक्षण देखिएको संख्या ३५९ जना छन् । रुपन्देहीमा संक्रमित निको हुनेको संख्या ६३ प्रतिशत छ ।

आज भेटिएका मध्य बुटवल उपमहानगरपालिकामा पुरुष १५२ र महिला १४८ जना गरेर ३ सय जना छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !