७ आश्विन २०८१, सोमबार

अर्घाखाँची जिल्ला अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १० बेडको एचडियू तयार

प्रकाशित मिति :  8 May, 2021 7:32 pm


अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि १० बेडको एचडियू तयार भएको छ ।

एचडियू सञ्चालनका लागि सबै तयारी पुरा भएको र आइतबारदेखि पूर्ण सञ्चालनमा आउने अस्पताल प्रमुख डा.कपिल गौतमले जानकारी  दिए ।

अहिले अस्पतालमा १४ जना संक्रमितको उपचार भइरहेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन् ।

अस्पतालाई अर्घाखाँची सिमेन्टले ४ वटा र आन्तरिक मामिला मन्त्री चेतनारायन आचार्यको पहलमा व्यवसायी बालकृष्ण भुसालले ८ वटा ठूलो अक्सिजन सिलिण्डर उपलब्ध गराएका छन् । मन्त्री आचार्यले अक्सिजन भर्न लाग्ने खर्चको व्यवस्था मिलाउने प्रतिबद्धता समेत जनाएका    छन् ।

यस्तै सन्धिखर्क नगरपालिकाबाट ४ वटा ठूलो अक्सिजन सिलिण्डर तथा नेपाल पत्रकार माहासंघ, अर्घाखाँची शाखाका अध्यक्ष अशोक कुमार खनालको पहल र अर्घाखाँची-जापान समाजका अध्यक्ष बाबुराम पौडेलको सामुहिक सक्रियतामा ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि ४ लाख ५० हजार रुपैयाँ अस्पताललाई उपलब्ध भएको छ ।

नेशनल प्याथ ल्याबले एचडियूमा हुने विरामीको धैर्यताको लागि म्युजिक सिष्टम जडान गरिदिएको अस्पतालले जनाएको छ । ७ महिनाको अथक प्रयासबाट अस्पतालमा यो सेवा तयार पार्न सकिएको अस्पताल प्रमुख डा. गौतमले बताए ।



प्रतिक्रिया दिनुहोस !