६ आश्विन २०८१, आइतबार

कोरोना संक्रमितको उपचारलाई प्रभावकारी र सहज बनाउन विप्लव नेतृत्व नेकपाको आग्रह

प्रकाशित मिति :  8 May, 2021 8:43 pm


काठमाडौं । विप्लव नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाइरसबाट तिव्र रुपमा संक्रमित र आजित नेपाली जनताको उपचार व्यवस्थालाई प्रभावकारी बनाउन ध्यानकर्षण गराएको छ ।

पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले आज विज्ञप्ति जारी गर्दै नेपाली जनताले पहल लिनु पर्ने वाध्यात्मक अवस्था सृजना नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

प्रवक्ता प्रकाण्डले नेपाली जनताको आधारभूत आवश्यकता र मौलिक हकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पूँजीवादी राज्यव्यवस्थाको चरित्रका कारण समस्या भएको बताएका छन् ।

जनविरोधी, असक्षम, भ्रष्टाचारी, कमिशनखोरी, कालो बजारी, व्यापारीकरण र कृतिम अभाव सृष्टि गर्ने अखडा बन्न पुगेको ठोकुवा गर्दै प्रवक्ता प्रकाण्डले हिजो आज राष्ट्रियरुपमा देखा परेका करोडौंको कमिशनको खेलमा कोरोना भाईरसको भ्याक्सीन आपूर्तिमा अवरोध, स्वास्थ्य सामाग्रीमा डरलाग्दो मूल्यवृद्धि, अक्सीजनमा कालो बजारिया, कोभिड १९का विरामीहरुको उपचारको अभाव र अस्त व्यस्तता त्यसैका कहाली लाग्दा घटनाहरु भएको बताएका छन् ।

उनले नेपाली जनताको जीवनमा आइलागेको संकटपूर्ण अवस्थामा उपरोक्त प्रकृतिका डर लाग्दा घटना घटाइनुले दलाल पूँजीपतिवर्गको संसदीय व्यवस्था नेपाली श्रमजीवी जनताको न प्रतिनीधीत्व गर्न सक्छ न त प्रयाप्त नै छ भन्ने कुराको फेरी पनि पुष्टि भएको दाबी गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !