७ आश्विन २०८१, सोमबार

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वद्वारा ६७ थान अक्सिजन सिलिण्डर संकलन

प्रकाशित मिति :  9 May, 2021 7:45 am


नवलसरासी पूर्व । जिल्ला प्रहरी कार्याल नवलपरासी पूर्वले जिल्लाका विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डर संकलन गरेको छ ।

कोरोना संक्रमितको उपचारका लागि जिप्रका नवलपरासी पूर्वले आपतकालिन व्यवस्थापनका लागि जिल्ला भित्रका विभिन्न ठाउँमा सञ्चालन उद्योग व्यवसायबाट ६७ थान अक्सिजन सिलिन्डर संकलन गरेको जनाएको छ ।

संकलित सिलिन्डरलाई जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार तत्काल आवश्यक रहेको ठाउँमा उपलब्ध गराईने जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ ।

कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको अभाव हुन थालेपछि सरकारले प्रहरी नै परिचालन गरेर सिलिण्डर संकलन गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !