७ आश्विन २०८१, सोमबार

कुटपिटबाट १ जनाको मृत्यु

प्रकाशित मिति :  9 May, 2021 8:01 am


ओखलढुंगा । ओखलढुंगामा मादक पदार्थ सेवन गरि झगडा हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ओखलढुङगा खजिदेम्बा गाउँपालिका १ आरुबोटका ६० वर्षीय महेश कुमार खड्का रहेका छन् ।

हिजो बेलुकी पौने ९ बजे सोही स्थान का ५० बर्षीय प्रेम वहादुर सुनुवार र खड्काबीच मादक पदार्थ सेवन गरी कुटाकुट हुँदा खड्काको घटनास्थलमानै मृत्यु भएको हो ।

सुनुवारले खड्काकै घरमा आएर कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

सुनुवार समेत घाईते भएकाले स्थानीय क्लिनिकमा उपचार पश्चात ईलाका प्रहरी कार्यालय खिजीफलाटेको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !