६ आश्विन २०८१, आइतबार

नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालय आइसोलसन कक्षका लागि उपलब्ध गराउने

प्रकाशित मिति :  9 May, 2021 8:33 am


गुल्मी । नेपाली कांग्रेस गुल्मीले पार्टी कार्यालयलाई कोरोना संक्रमित राख्ने आइसोलसन कक्षका लागि उपलब्ध गराउने निर्णय गरेको छ ।

कांग्रेस जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घासमा रहेको पार्टी कार्यालयलाई कोरोना संक्रमितको उपचारका लागि आइसोलसन कक्षका लागि उपलब्ध गराउने निर्णय भएको जानकारी दिए ।

उनले पार्टी कार्यालय जनताको भएकाले उपचारमा प्रयोग गर्न दिने निर्णय गरेको जानकारी दिए । यसअघि नेपाली कांग्रेस रुपन्देहीलेपनि पार्टी कार्यालय आइसोलेसन कक्ष निर्माणका लागि प्रयोग गर्न दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !