७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा थप २ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  9 May, 2021 8:48 am


अर्घाखाँची । अर्घाखाँचीमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचाररत १ पुरुष र १ महिलाको गएराति मृत्यु भएको हो ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका वडा नं. ७ का ४० वर्षीय पुरुष र शीतगंगा नगरपालिका वडा नं. ४ का २४ वर्षीय महिलाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए ।

यससँगै अहिलेसम्म अर्घाखाँचीमा कोरोना संक्रमित ३१ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !