७ आश्विन २०८१, सोमबार

बाँकेमा थप आठ जना कोरोना सङ्क्रमितको मृत्यु

प्रकाशित मिति :  9 May, 2021 10:32 am


बाँके । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–१ बर्दिया निवासी ३० वर्षीया महिला, सोही गाउँपालिका–२ निवासी ६५ वर्षीया महिला, दङ्गीशरण गाउँपालिका–५ दाङ निवासी ८५ वर्षीया महिला, नेपालगञ्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिला छन् ।

यसैगरी लम्कीचुहा नगरपालिका–१ कैलाली निवासी ४३ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए ।

यससँगै कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ ।



प्रतिक्रिया दिनुहोस !