६ आश्विन २०८१, आइतबार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्व फेरि अविश्वासको प्रस्ताव दर्ता

प्रकाशित मिति :  9 May, 2021 11:58 am


फोटो : लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको साइटबाट

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । ४० जनाको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले फेरि अविश्वासको प्रस्ताव दर्ता गरेको जानकारी दिए ।  लुम्बिनी सञ्चारसँग कुरा गर्दै उनले भने,“हामीले बहुमत हस्ताक्षरसहित फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका छौं ।”

यसअघि वैशाख ६ गतेपनि मुख्यमन्त्री पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

विपक्षी दलले समावेदन दिएपछि वैशाख १९ गते वैशाखमा प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । तर सोही दिन वैठक वस्नुअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।

सोही दिन नै आफूसँग बहुमत रहेको दाबी गर्दै प्रदेश प्रमुखसँग दाबी गरेपछि पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । विपक्षीले भने आफूसँग बुहमत रहेको भन्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए ।

विपक्षी दलले ४० जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !