संवैधानिक परिषदद्वारा संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिको सिफारिस
काठमाडौं । विवादकाबीच बसेको संवैधानिक परिषद् बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।
कुन पदमा कसलाई सिफारिस गरियो भन्नेबारे भने सार्वजनिक गरिएको छैन । परिषद्का सदस्य रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी भएनन् ।
बैठकमा प्रधानमन्त्री ओली, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरा सहभागी भएका थिए । प्रतिपक्षी दलका नेता र प्रतिनिधि सभाका सभामुख सहभागि नभएपनि बहुमत सदस्यले संवैधानिक निकायमा नियुक्तिको सिफारिस गरको हो ।