७ आश्विन २०८१, सोमबार

भक्तपुर प्रहरीद्वारा ९५ थान अक्सिजन सिलिण्डर संकलन गरेर अस्पतालमा वितरण

प्रकाशित मिति :  9 May, 2021 1:38 pm


भक्तपुर । नेपाल प्रहरीले भत्तपुरबाट ९५ थान अक्सिजन ग्याँस सिलिण्डर संकलन गरेर अस्पताललाई बुझाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर तथा मातहतका वृत्तहरूसमेतबाट संकलन गरिएका खाली तथा भरी ९५ थान अक्सिजन ग्याँस सिलिन्डर विभिन्न मितिमा संकलन गरी कोरोना भाईरस संक्रमित बिरामीको उपचारार्थ अस्पतालहरूमा वितरण गरिएको हो ।

भक्तपुर ईन्टरनेशनल अस्पताल लोकन्थलीमा १२ वटा भरी सिलिन्डर, भक्तपुर अस्पतालमा ५० वटा खाली र ५ वटा भरी गरी ५५ वटा सिलिन्डर, अल्का अस्पताल ललितपुरमा ३ वटा भरी सिलिन्डर र नेपाल कोरिया मैत्री अस्पताल भक्तपुरमा २५ वटा खाली सिलिन्डर वितरण गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

भक्तपुरका वडा क्षेत्रमा स्वास्थ्य क्षेत्र बाहेक प्रयोग भइरहेका उद्योग, कल कारखाना तथा कवाडी संकलन केन्द्र समेतमा रहेका उक्त सिलिन्डरहरू संकलन गरिएको र अन्य सिलिन्डरहरू समेत खोजी भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !