७ आश्विन २०८१, सोमबार

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी,राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख अख्तियारमा

प्रकाशित मिति :  9 May, 2021 1:50 pm


काठमाडौं । संवैधानिक परिषद् बैठकले लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई सिफारिस गरेको छ ।

आज बसेको परिषद् बैठकले रेग्मीलाई आयोगका अध्यक्षमा सिफारिस गरेको हो । त्यस्तै रिक्त रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलीप रेग्मीलाई सिफारिस गरेको छ ।

स्रोतहरुका अनुसार निर्वाचन आयोगमा पूर्व सचिव वीरबहादुर राई सिफारिस भएका छन् ।  परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा सहभागि थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भोली प्रतिनिधि सभामा विश्वासको मत लिनुअघि संवैधानिक निकायका रिक्त पदमा सिफारिस गरेका हुन् । सिफारिस भएका व्यक्तिको संसदीय समितिमा सुनुवाई भएपछि राष्ट्रपतिबाट मनोनित हुनेछन् ।



प्रतिक्रिया दिनुहोस !