७ आश्विन २०८१, सोमबार

इलेक्ट्रिक अक्सिजनका लागि अर्घाखाँची-जापान सम्पर्क समाजले उपलब्ध गराएको रकम हस्तान्तरण

प्रकाशित मिति :  9 May, 2021 2:58 pm


अर्घाखाँची । अर्घाखाँची–जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि ४ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

अक्सिजन मेसिन खरिदका समाजले पत्रकार महासंघ अर्घाखाँची मार्फत ४ लाख ५० हजार रकम उपलब्ध गराएको छ । सम्पर्क समाजका अध्यक्ष बाबुराम पौडेलको पहलमा उक्त रकम नेपाल पत्रकार महासंघ अर्घाखाँची मार्फत अस्पताललाई हस्तान्तरण गरिएको हो ।

महासंघ अध्यक्ष अशोक खनालले अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.कपिल गौतम, डा.सन्तोष न्यौपानलाई चेक हस्तान्तरण गरेका छन् ।चेक हस्तान्तरणपछी डा. कपिल गौतमले सहयोग गर्ने अर्घाखाँची–जापान सम्पर्क समाज र पत्रकार महासंघलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य राधा नेपाली, प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सदस्य लक्ष्मण घिमिरे, अशोक चौहान, हरी भुसाल लगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !