६ आश्विन २०८१, आइतबार

लुम्बिनी सरकार विरुद्व अविश्वासको प्रस्ताव दर्तालगत्तै प्रदेश सभाको विशेष अधिवेशन माग

प्रकाशित मिति :  9 May, 2021 3:18 pm


रुपन्देही । लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरूले मुख्यमन्त्री शंकर पोखरेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गरेपछि विशेष अधिवेशन माग गरेका छन् ।

उनीहरूले अविश्वासको प्रस्तावमाथि छलफलको माग गर्दै प्रदेश प्रमुखलाई निवेदन दिएका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदले आज फेरि मुख्यमन्त्री पोखरेलविरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

विपक्षी दलले प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवलाई भेटेर यसअघि वैशाख ६ गते र आज दर्ता भएकोे अविश्वास प्रस्तावमाथि छलफल गर्न माग गरेका हुन् ।

विपक्षी दलहरुले आज नै प्रदेशसभामा ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !