७ आश्विन २०८१, सोमबार

उपचारको व्यवस्था तथा कारोना बिमा गर्न विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको माग

प्रकाशित मिति :  9 May, 2021 3:36 pm


काठमाडौं । नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनले कर्मचारीका लागि हरेक प्रदेशमा २५ बेड क्षमताको आइसोलेसन कक्ष तथा क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेको छ ।

युनियनले आज प्राधिकरणका कार्यकारी निर्देशकको ध्यानाकर्षण गराउँदै कोरोनाका कारण विद्युत सेवामा खटिएका कर्मचारी जोखिममा रहेको भन्दै उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्यकर्मी तथा खानपिनको व्यवस्थासहित आइसोलेसन तथा क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेका छन् ।

ध्यानकर्षण पत्रमा प्राधिकरणका सबै कर्मचारी (स्थायी, म्यादी करार, ज्यालादारी, गोटा गन्तिका मिटर रिडरहरु, सेवा करारका समेत) लाई कोरोना बिमा गर्न माग गरिएको छ ।

त्यस्तै अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिने स्थायी, ज्यालादारी, म्यादी, करार, गोटा गन्तिका मिटर रिडरहरू तथा सेवा करारका कर्मचारीहरूलाई विगतको झै भत्ताको व्यवस्था गर्न भनिएको छ ।

युनियनले निषेधाज्ञाका कारण प्राधिकरणको काममा खटिन नसकि आ आफ्नो निवासमा रहेका कर्मचारीहरूको तलब भत्ता पाउने गरी घरमुकाम काजको व्यवस्था गर्न माग समेत गरेको छ ।

युनियनले भनेको छ,“अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिने कर्मचारीहरूलाई कार्यलयको सवारी साधनवाट वा वैकल्पिक सवारी साधनको व्यवस्था गरी डिउटीमा ल्याउने र लैजाने व्यवस्था गरियोस् ।”


विद्युत प्राधिकरण कर्मचारी संगठनका नेता बैरागीद्वारा संक्रमितलाई निशुल्क गाडी सेवा उपलब्ध


प्राधिकरणका सबै कार्यालयहरूवाट अत्यावश्यक विद्युत सेवा अवरुद्ध हुन नदिन आवश्यक टास्क फोर्स बनाई काममा खटाउने व्यवस्था गर्नपनि युनियनले माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !