७ आश्विन २०८१, सोमबार

रोल्पामा आगलागी पीडित ३५ घरपरिवारको बिचल्ली, सहयोगका लागि गाउँपालिकाको अपिल

प्रकाशित मिति :  9 May, 2021 4:11 pm


रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले आगलागीबाट पीडितलाई सहयोग गर्न अपिल गरेको छ ।

गाउँपालिका अध्यक्ष शान्तकुमार वोलीले आज विज्ञप्ति जारी गर्दै सहयोगका लागि सार्वजनिक अपिल गरेका हुन् । त्रिवेणी गाउँपालिकाको वडा नं.२,३ र ६ स्थिति विभिन्न सामुदायिक वनमा वैशाख १४ गतेदेखि फैलिएको डढेलोले ठूलो संख्याका घर गोठ नष्ट गरेको थियो ।

साथै वैशाख १६ र १७ गते असिनापानीसँग परेको चट्याङले थप क्षति पुराएको थियो । प्राकृतिक प्राकोपबाट वडा नं. २,३ र ६ का बर्तिवाङ,पिराले,चित्रेडाँडा,धानबाङ,काफलचौर,रत्वानी लगायतका गाउँमा ठूलो संख्या र घर गोठ जलेको गाउँपालिकाले जनाएको छ ।

अध्यक्ष वलीले अपिल जारी गर्दै पीडित परिवारलाई राहत प्रदान गर्न तथा नष्ट भएका घर पुनःनिर्माण गर्नका लागि सरकारी कार्यालय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघसंस्था र देश तथा विदेशमा रहेका सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

उक्त आगलागी र चट्याङले ३५ घर नष्ट भएका थिए । अहिले ३५ घरका झण्डै डेढ सय जनाको विचल्ली भएको छ ।

आगलागीले पुराएको क्षति र सहयोगका लागि बैंक खाता नं.



प्रतिक्रिया दिनुहोस !