१३ मंसिर २०८१, बिहिबार

अक्सिजनसहितको आइसोलेसन सञ्चालनमा, संक्रमितका लागि निशुल्क एम्बुलेन्स सेवा

प्रकाशित मिति :  9 May, 2021 4:31 pm


रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिकाले १५ वेडको अक्सिजन सहितको आइसोलेसन सञ्चालनमा ल्याएको छ ।

आइसोलेसन सेन्टरको गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आज उद्घाटन गरेका छन् । वडा नं. २ खुंग्रीमा रहेको त्रिपुरेश्वरी माध्यामिक विद्यालयमा आइसोलेन सेन्टर स्थापना गरिएको हो ।

आइसोलेसन सेन्टरमा डा. प्रकाश भारतीको नेतृत्वमा २ जना स्टाफ नर्स, १ जना ल्याव टेक्निसियन, २ जना कार्यालय सहयोगी रहेने गाउँपालिका स्वास्थ्य शाखाले बताएको छ ।

सेन्टरमा आवश्यक पर्ने थप सामाग्री मागाइएको र अत्यावश्यक सामग्रीको अभाव हुन नदिने अध्यक्ष घर्तीले स्वास्थ्य शाखालाई निर्देशन समेत दिएका छन् ।

गाउँपालिकामा कतै संक्रमित देखिएमा संक्रमितको घरदेखि आइसोलेसनसम्मनिःशूल्क एम्वुलेन्स सेवा समेत उपलब्ध गराइएको अध्यक्ष घर्तीले बताए ।



प्रतिक्रिया दिनुहोस !