३ आश्विन २०८१, बिहिबार

साथी एपबाट घरमै पिसिआर टेष्ट गराउन सकिने

प्रकाशित मिति :  9 May, 2021 5:07 pm


काठमाडौं । राइड सेयरिङ्ग एप साथीले कोरोना भाइरसको शंका भएका व्यक्तिहरुका लागि घरमै पिसिआर परीक्षण गर्न सकिने विशेष सेवा शुरु गरेको जनाएको छ ।

विगत लामो समयदेखि राइड सेयरिङ्ग सुविधा दिँदै आएको साथी राइडले यस कोरोना महामारीको विषम परिस्थितिलाई न्यूनीकरण गर्न ’घरमै बसौं, सुरक्षित रहौं’ भन्ने नाराका साथ विभिन्न अस्पताल तथा प्रयोगशालाहरु (ल्याब) सँग सहकार्य गरी सेवाग्राहीलाई सहज तथा सुरक्षाको लागि घरमै पिसिआर स्वाब संकलन गर्न मद्दत गर्दैछ ।

यस अघि कम्पनीले यात्रीहरुलाई राइड बुकिङ, रेन्टल कार सर्भिस र फुड डेलिभरी सर्भिस दिँदै आएको थियो ।

कम्पनीका बजार व्यवस्थापन प्रमुख इन्जोल श्रेष्ठले भने,“हाल उपत्यकामा मात्रै यो सेवा सुरु भएता पनि आउँदो दिनमा हामी यस सुविधालाई विस्तार गर्दै नेपालका विभिन्न जिल्लाहरुमा पनि यो सेवा उपलब्ध गराउने छौ। हामीले अहिले एम्बुलेन्स नपाएर कोरोना तथा अन्य रोगका कारण मृत्यु भएको खबरहरु धेरै नै सुनिरहेका छौैं, यही कुरालाई मध्यनजर गर्दै हामीले विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी इमरजेन्सी कार सर्भिस साथै हेलि एम्बुलेन्सको सुविधा पनि सञ्चालन गर्ने तयारीमा छौै ।”



प्रतिक्रिया दिनुहोस !