६ माघ २०८१, आइतबार

नेपालमा तत्काल अक्सिजन आपूर्तिका लागि एनआरएनए अफ्रिकाले १२ लाख रुपैयाँ सहयोग गर्ने

प्रकाशित मिति :  9 May, 2021 5:26 pm


नाइजेरिया । गैर आवासीय नेपाली संघ अफ्रिकाले नेपालमा अक्सिजन आपूर्तिका लागि १२ लाख रुपैयाँ सहयो पठाउने भएको छ ।

अफ्रिका स्थित एनआरएनएका राष्ट्रिय समन्वय समितिहरूबाट नेपालका १० जिल्लामा अक्सिजन आपूर्तिका लागि स्थानीय निकाय, संघ संस्था सङ्ग समन्वय गरि १२ लाख रुपैयाँ सहयोग पठाउने निर्णय गरेको हो ।

अफ्रिका क्षेत्रको बैठकले डीआरसी कङ्गोका अध्यक्ष अमृत क्षेत्रीको संयोजकत्वमा डीआरसी कङ्गो, घाना, मोजाम्बिके एनसीसीहरू र कृष्ण डुम्रे आइभोरी कोस्टको सहयोगमा पाल्पा , गुल्मी, नवलपरासी पश्चिम,नवलपरासी पूर्व र स्याङ्जामा ३ लाख ५० हजार रुपैयाँ बराबरको ५५० सिलिन्डर रिफिल गरि बुटवलबाट पठाउने निर्णय गरेको छ ।

त्यस्तै सेसेल्स अध्यक्ष रामप्रसाद पन्तको संयोजकत्वमा सेसेल्स र केन्या एनसीसीले चितवनमा झण्डै २ लाख रुपैयाँ बराबरको तत्काल आबश्यक स्वास्थ्य सहयोग गर्ने तय भएको छ ।

युगान्डा अध्यक्ष बिनोद थापाको संयोजकत्वमा युगान्डा, बोत्स्वाना र दक्षिण अफ्रिका एनसीसीको सहयोगमा बारा पर्सा लगायत दुई नम्बर प्रदेशमा ३ लाख रुपैयाँ बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुराउने निर्णय भएको छ ।

अन्तर्राष्ट्रिय समिति महिला उपसंयोजक मन थापाको संयोजकत्वमा सुदूर पश्चिम प्रदेशमा ३ लाख रुपैयाँ बराबरको अक्सिजन आपूर्तिमा सहयोग पुराउनउ नाइजेरिया, जाम्बिया र तान्जानिया राष्ट्रिय समन्वय समितिले तत्काल सहयोग गर्ने निर्णय भएको छ ।

अफ्रिका क्षेत्रीय संयोजक रोशन थापाले मातृभूमिलाई अप्ठ्यारो परेको बेला थोरै संख्यामा रहे पनि अफ्रिकामा रहेका नेपालीहरूले आफ्नो स्वदेश प्रति माया राखी सहयोग गर्दै आइरहेको र यो बिपतमा पनि साथ दिन लागेको बताए । उनले थप सहयोग उठाउदै जाने र आवश्यकता अनुसार अन्य जिल्लाहरूमा सहयोग गर्दै जाने बताए ।

संघको क्षेत्रीय बैठकमा मोजाम्बिका अध्यक्ष देबी पौडेल, कङ्गो अध्यक्ष अमृत क्षेत्री, केन्या अध्यक्ष सुरज डुम्रे , तान्जानिया अध्यक्ष पुष्प राज भट्टराई, सेसेल्स अध्यक्ष रामप्रसाद पन्त र युगान्डा अध्यक्ष बिनोद थापा लगायतको उपस्थिति रहेको थियो ।

बैठकमा संघका अन्तर्राष्ट्रिय समितिका पूर्व कोषाध्यक्ष हिक्मत थापाले मुलुक अप्ठ्यारोमा परेको बेला अफ्रिकाका एनआरएन साथीहरूले उदार दिलले सहयोग गरेको र यो संकटमा पनि सधै झै योगदान पुराउनेमा आफू विश्वस्त रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !