६ आश्विन २०८१, आइतबार

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले दिए राजीनामा

प्रकाशित मिति :  9 May, 2021 5:30 pm


पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन्।

अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि संविधानको धारा १६९ को उपधारा ३ बमोजिम मौजुदा मन्त्रिपरिषद्ले कार्य संचालन गर्ने र संविधानको धारा १६८ को उपधारा २ बमोजीम ३ दिनभित्र सरकार गठनको आव्हान गरेकी हुन्।

गुरुङविरुद्ध प्रदेशसभामा पेस भएको अविश्वासको प्रस्तावमाथि सोमबार मतदान हुने कार्यसूची थियो । मुख्यमन्त्रीविरुद्ध कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीका २८ सांसदले बैशाख २ मा अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !