६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीद्वारा नेपाल पक्षका सांसदलाई आग्रह,‘राजीनामा दिने अपराधमा संलग्न नहुनु’

प्रकाशित मिति :  9 May, 2021 5:59 pm


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिने कार्यमा नलाग्न पार्टीका सांसदहरुलाई आग्रह गरेका छन् ।

ओलीले विश्वासको मत लिनु अघिल्लो दिन प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्,“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं,भोलि हामी जनतालाई के जावाफ दिन्छौं ? तसर्थ, यस्तो अपराध कर्ममा जानी नजानी कुनैपनि हिसावले संलग्न नहुन म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आव्हान र आग्रह गर्दछु ।”

नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला अध्यक्ष ओलीको यस्तो आव्हान आएको हो ।

उनले पार्टीका इमान्दार नेता कार्यकर्ता पार्टीलाई हानी पुग्ने र आन्दोलनलाई क्षति पुराउने कुनैपनि क्रियाकलापमा संलग्न नहुनेमा आफूले विश्वास व्यक्त गरेको बताएका छन् । उनले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने बताएका छन् ।

ओलीको विज्ञप्तिमा भनिएको छ,“म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु ।”



प्रतिक्रिया दिनुहोस !