६ आश्विन २०८१, आइतबार

प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई नेकपा एमालेको ह्वीप

प्रकाशित मिति :  9 May, 2021 6:06 pm


काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको पक्षमा मत दिन सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।

मुख्य सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा आज ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।



प्रतिक्रिया दिनुहोस !