६ आश्विन २०८१, आइतबार

जनता समाजवादी पार्टीले मतदानका लागि ह्वीप नलगाउने

प्रकाशित मिति :  9 May, 2021 6:22 pm


काठमाडौं । संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि हुने मतदानमा आफ्ना सांसदहरूलाई ह्वीप नलगाउने निर्णय गरेको छ ।

जसपा संघीय परिषद् अध्यक्ष नेता बाबुराम भट्टराईको टोखाको निवासमा आज बसेको पदाधिकारी बैठकले आफ्ना सांसदहरूलाई ह्वीप
नलगाउने निर्णय गरेको हो ।

जसपा नेता राजेन्द्र श्रेष्ठले सांसदहरूलाई पक्षमा, विपक्षमा भोट हाल्न वा नहाल्न पनि छुट रहेको जानकारी गराएका छन् ।

भोली प्रतिनिधि सभामा प्रधानमन्त्रीले मागेको विश्वासको मतमा मतदान हुँदैछ ।



प्रतिक्रिया दिनुहोस !