६ आश्विन २०८१, आइतबार

सहमतिका लागि प्रधानमन्त्री ओलीलाई नेपाल पक्षले दियो भोली बिहान ९ बजेसम्मको समय

प्रकाशित मिति :  9 May, 2021 7:56 pm


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले सहमतिका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भोली बिहान ९ बजेसम्मको समय दिएको छ ।

आज बसेको नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ गतेअघि फर्केर सहमतिको प्रतिबद्धता जनाउन अध्यक्ष ओलीले भोली बिहान ९ बजेसम्मको समय दिएको हो ।

साढे ९ बजे आफू पक्षीय सांसदलाई संसद सचिवालय सिंहदरबारमा बोलाएको छ ।

नेता योगेश भट्टराईले भने,“२०७५ जेठ २ अघिको अवस्थामा फर्केर सहमति गराउनका लागि भोली बिहान ९ बजेसम्मको समय दिइएको छ । साढे ९ बजे सबै माननीय ज्यूहरुलाई संसद सचिवालयमा बोलाइएको छ । प्रतिबद्धता नआए जे गर्नुपर्ने हो त्यो गर्छौ ।”



प्रतिक्रिया दिनुहोस !