७ आश्विन २०८१, सोमबार

नेता गोकर्ण विष्टले ४५ थान अक्सिजन सिलिण्डर गुल्मी पठाए

प्रकाशित मिति :  9 May, 2021 9:20 pm


काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद गोकर्ण विष्टले ४५ थान अक्सिजन सिलिण्डर गुल्मी पठाएका छन् ।

गुल्मीमा अक्सिजन अभाव भएको गुनासो आएपछि मन्त्री विष्टले आज ४५ थान अक्सिजन सिलिन्डर काठमाडौबाट पठाएका हुन् ।

४५ मध्ये ३५ थान सिलिन्डर र २० थान रेगुलेटर सेट सांसद विष्टले व्यक्तिगत रुपमा पठाएका र १० थान गुल्मेली सहयोगी हात अभियानका तर्फबाट पठाइएको उनको सचिवालयले जनाएको छ ।

विष्टले जिल्लाको स्वास्थ्य अवस्थाका विषयमा स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, अगुवा, राजनीतिकर्मी, पत्रकार, तथा नागरिक समाजसँग नियमित सम्पर्कमा रहेर जानकारी लिनुका साथै आवश्यक प्रबन्धका लागि थप पहल गरिरहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !