६ आश्विन २०८१, आइतबार

नेकपा एमाले संकट : आफ्ना सांसदलाई नेपाल पक्षले साढे ९ बजे संसद सचिवालयमा बोलायो

प्रकाशित मिति :  10 May, 2021 8:39 am


काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफ्ना सांसदलाई आज साढे ९ बजे संसद सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ साल जेठ २ गतेपहिलेको अवस्थामा पार्टीको जीवन फकाउने प्रतिबद्धता नआए सांसद पदबाट राजीनामा दिनेगरि सचिवालयमा बोलाइएको हो ।

हिजो बोलेको माधव नेपाल पक्षले नेकपा एमाले र माओवादी केन्द्र पुनस्र्थापना भएको अवस्थामा जेठ २ गतेपहिलेकै जीवन अवस्थामा पार्टी जीवनलाई फर्काउनुपर्ने र पार्टी पुनस्र्थापनापछि भएका निर्णय खारेज गर्नुपर्ने सर्त राखेको थियो ।

माधव नेपालले गएराति अबेरमात्रैपनि सर्तसहितको पत्र लेखेका थिए । प्रधानमन्त्री ओलीले आफ्ना सर्तमानेर पार्टी एक बनाउने प्रतिबद्धता नआए राजीनामा दिने बताएका छन् ।

सहमतिका लागि नेपाल पक्षले अहिले ९ बजेसम्मको समय दिएको छ । तर अध्यक्ष ओलीबाट अहिलेसम्म सार्वजनिक रुपमा सहमतिका लागि प्रतिबद्धताको कुनै जानकारी आएको छैन ।



प्रतिक्रिया दिनुहोस !