७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा थप १४ जना कोरोना संक्रमित निको

प्रकाशित मिति :  10 May, 2021 8:52 am


अर्घाखाँची । अर्घाखाँचीमा थप १४ जना कोरोना संक्रमित निको भएका छन् ।

जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार गराईरहेका १४ जना निको भएर हिजो घर फर्किएका हुन् । स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय बिकले अर्घाखाँचीमा पछिल्लो समय अर्घाखाँचीमा कोभिड जित्नेको संख्या बढिरहेको बताए ।

उनले भने,“ थप १४ जना कोरोना संक्रमण मुक्त भएर घर पर्कनुभएको छ, कोभिडलाई जित्नेको संख्या बढिहेको छ ।” अर्घाखाँचीमा अहिले ३३२ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !