मौसम पूर्वानुमान : देशभर सामान्यदेखि पूर्ण बदली हुने
काठमाडाैं । आज देशभरको मौसम सामान्यदेखि पूर्ण रुपमा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्युन चापीय प्रणाली, दक्षिण पूर्व भू–भाग नजिक रहेको पूर्व पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले देशका अधिकांश भुभागको मौसम सामान्य बदली रहेको छ । प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिमका भू–भागका केही स्थानमा मेघ गर्जनसहित बर्षा भइरहेकाे छ ।
सोमबार दिउँसो देशको पहाडि भू–भागमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू–भागहरुमा सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ ।