७ आश्विन २०८१, सोमबार

एसईई र कक्षा १२ को परीक्षा स्थगित,५ सदस्यीय कार्यदलसमेत गठन

प्रकाशित मिति :  10 May, 2021 11:04 am


काठमाडौं । एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ ।

कोरोना संक्रमण बढ्दै गएपछि आज बसेको राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले एसईईको परीक्षा परीक्षा जेठ १३ गतेबाट र कक्षा १२ को परीक्षा जेठ २६ गतेबाट सञ्चालन गर्ने तयारी थियो । अर्को सूचना नआउन्जेल परीक्षाहरू स्थगित गर्ने निर्णय गरिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए ।

बोर्ड बैठकले एसईई र कक्षा १२ को परीक्षा सञ्चालनबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदलसमेत गठन गरेको छ ।

गत वर्ष पनि कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा स्थगित गरी विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीलाई कक्षा ११ मा अध्ययन गर्न दिइएको थियो।



प्रतिक्रिया दिनुहोस !