७ आश्विन २०८१, सोमबार

अर्घाखाँचीमा प्रहरीले संकलन गरेको १५ थान अक्सिजन सिलिण्डर अस्पताललाई हस्तान्तरण

प्रकाशित मिति :  10 May, 2021 11:54 am


अर्घाखाँची । अर्घाखाँची जिल्लाका साना तथा घरेलु उद्योगमा प्रयोगमा आइरहेका अक्सिजन सिलिण्डर जिल्ला अस्पताल अर्घाखाँचीलाई हस्तान्तरण गरिएको छ ।

प्रहरीले संकलन गरेको १५ थान सिलिण्डर प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख मेसु डाक्टर कपिल गौतमलाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जिल्लाको सदरमुकाम सन्धीखर्कमा सञ्चालित साना तथा घरेलु उद्योगमा प्रयोग गरिरहेका १५ थान अक्सिजन सिलिन्डर संकलन गरेको थियो ।

व्यवसायीको सहमतिमा संकलन गरिएको सिलिण्डर अर्घाखाँची अस्पताललाई हस्तान्तरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !