१ मंसिर २०८१, शनिबार

बर्दियामा स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय नोटसहित १ जना पक्राउ

प्रकाशित मिति :  10 May, 2021 12:07 pm


बर्दिया । बर्दियामा स्रोत नखुलेको १७ लाख ५० हजार भारतीय नोटसहित १ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट खटिएको प्रहरीको टोलीले उक्त रकम बरामद गरेको हो । राजापुर नगरपालिका वडा नं.४ सत्तीघाटमा चेकजाँच गर्ने क्रममा कैलालीबाट राजापुरतर्फ आउँदै गरेका कैलाली टिकापुर नरपालिका वडा नं. १ बस्ने बर्ष २९ वर्षीय गोपाल चौधरीले पक्राउ परेका हुन् ।

प्रहरीले चौधरीले चलाएको सु.प.प्र. ०१००८ प ८१४५ नम्बरको मोटरसाईकल रोकी जाँच गर्ने क्रममा उनले बोकेको झोलामा रकम भेटिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डिएसपी हेमबहादुर शाहीले जानकारी दिए ।

उनले झोलाभित्र प्लाष्टिकको २ वटा पोकामा स्रोत नखुलेको भारतीय १७ लाख ५० हजार रुपैयाँ राखेको भेटिएको शाहीको भनाई छ । प्रहरीले उक्त रकमसँगै चौधरीले प्रयोग गरेको मोटरसाइकल,ल्यापटप थान–१ मोबाईल थान–१, सिमकार्डसहित पक्राउ गरेको छ ।

पक्राउ परेका चौधरीलाई आज राजश्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाईएको डिएसपी शाहीले बताए ।



प्रतिक्रिया दिनुहोस !