१ मंसिर २०८१, शनिबार

रोल्पाको त्रिवेणी आगालागी पीडितका लागि ‘फेसबुक पे’ मार्फत् सहयोग संकलन गर्दै हरि बुढा

प्रकाशित मिति :  10 May, 2021 12:53 pm


काठमाडौं ।

पूर्व गोर्खा सैनिक हरि बुढामगरले फेसबुकको माध्यमबाट रोल्पाको त्रिवेणीका आगलागी पीडितको सहयोगका लागि राहत उठाउने अभियान सुरु गरेका छन् ।

जन्मथलो रोल्पा भएका बुढामगरले ‘फेसबुक पे’ को माध्यमबाट सहयोग गर्न सार्वजनिक आव्हान गरेका हुन् । विपद्मा परेकाको सेवाका लागि फेसबुकमार्फत् फन्ड रेजिङ अभियान संकलन गर्ने प्रचलन पछिल्लो समयमा बढ्न थालेको छ ।

यो समाचार तयार पार्दासम्म  बुढामगरले गरेको आव्हानलाई स्वीकार्दै ६८ जनाले सहयोग प्रदान गरिसकेका छन् भने यसबाट २ हजार २ सय ३८ डलर जम्मा भइसकेको छ ।

बुढामगर हाल काठमाडौंमा छन् भने मंगलबार राहत लिएर रोल्पा जाने भएका छन् । संकलित रकमबाट ब्ल्याङकेट, त्रिपाल र चामल लगायतका राहत सामग्री वितरण गरिने उनले बताए ।

मगरले राप्ती समाज युकेको भाइबर ग्रुपमा भएको सल्लाह बमोजिम फेसबुकमा आव्हान गरेको र सहयोगी मन भएकाले सहयोग गरिरहेको बताए ।

फसबुक पे फेसबुकले प्रयोगकर्ताका लागि आर्थिक कारोबार गर्न सहजताको लागि ल्याएकाे रकम आदानप्रदान गर्न मिल्ने नयाँ विधि हो ।

यहि बैशाख १३ गतेदेखि १६ गतेसम्म जंगलमा लागेको आगो वस्तिमा फैलिएर त्रिवेणी गाउँपालिका–२ को चेत्रे, धानबाङ, कापडाँडा, पिराले, बर्तिबाङ, त्रिवेणी–६ र ३ नम्बर वडा साथै रुन्टीगढी गाउँपालिका–९ गुनाम गरि ३७ घर र ११ गोठ पूर्ण रुपमा जलेर नष्ट भएका थिए ।

डोनेसन गर्न यहाँ  क्लीक गर्नु हाेलाः 

 



प्रतिक्रिया दिनुहोस !