३ आश्विन २०८१, बिहिबार

‘ग्रीन गोथ्र एण्ड ग्रीन रिकभरी’ सर्ट फिल्मको उपाधि अनु खड्का क्षेत्रीलाई

प्रकाशित मिति :  10 May, 2021 1:20 pm


काठमाडौं । युरोपियन युनियन नेपालले आयोजना गरेको ‘ग्रीन गोथ्र एन्ड ग्रीन रिकभरी’ सर्ट फिल्मको उपाधि अनु खड्का क्षेत्रीले जितेकी छिन् । उनले बनाएको भिडियो उत्कृष्ट बन्न सफल भएको हो ।

उनले बनाएको भिडियोमा हामीले प्रयोग गरिरहेको प्लास्टिकले वातावरणमा एकदमै नकारात्मक असर गर्ने भएकाले प्रयोग गरेर फालेका प्लास्टिकहरूबाट हाम्रो दैनिकीमा काम लाग्ने कुनै वस्तु बनाउन सकिने र त्यसलाई जहाँ त्यही नफाली केही कामको लागि प्रयोग गर्ने सकिन्छ भन्ने सन्देश दिइएको छ ।

युरोपियन युनियन नेपालले मे महिनामा हुन गइरहेको युरोप दिवसको अवसरमा राष्ट्रव्यापी खुल्ला भिडियो प्रतियोगिता आह्वान गरेको थियो । युनियनले वातावरण संरक्षणका लागि वातावरणलाई प्रदूषण पार्ने खालका ऊर्जाको प्रयोग कम गर्न विश्वसामु जोड दिदै आइरहेको छ ।

युनियनले प्रत्येक वर्ष मे महिनामा विश्वभरि नै विभिन्न खालका कार्यक्रम गर्दै आएको छ । यस वर्ष कक्षा ८, ९ र १०मा अध्ययनरत विद्यार्थीहरूका लागि ‘ग्रीन गोथ्र एन्ड ग्रीन रिकभरी’ विषयमा राष्ट्रव्यापी सर्ट भिडियो प्रतियोगिता आयोजना गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !