६ आश्विन २०८१, आइतबार

नेपाल पक्षले नेकपा (एमाले) विभाजन गरे साथ दिने वामदेव गौतमको घोषणा

प्रकाशित मिति :  10 May, 2021 1:21 pm


काठमाडौं । नेकपा एमालेका नेता बामदेव गौतमले माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी विभाजन गरे आफू सहभागि हुने घोषणा गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतलिनुअघि आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले समानन्तर गतिविधिमा आफू संलग्न नहुने तर पार्टी विभाजन गरेर गए आफू सहभागि हुने घोषणा गरेका हुन् ।

पार्टी एकताका लागि अभियान चलाईरहेका नेता गौतमले पहिलो पटक आफ्नो धारणा प्रष्ट पारेका छन् । उनले भनेका छन्, “वरिष्ठ नेता क।माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेता कमरेडहरुले नेकपा (एमाले) मै भएर समानान्तर गतिविधि गर्ने, कमिटीहरू बनाउनेजस्ता काममा मेरो सहमति छैन ।

तर, यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।”

उनका प्रेस सहयोगि विश्वमणी सुवेदका अनुसार गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते अगाडी फर्काउन सहमत नभएकाले साथ नदिने प्रष्ट पारिसकेका छन् । बामदेव गौतम अहिलेसम्म पार्टी विभाजनबारे खुलेका थिएनन् ।



प्रतिक्रिया दिनुहोस !