७ आश्विन २०८१, सोमबार

काठमाडौं उपत्यकाभित्र फेरि दुई हप्ता निषेधाज्ञा थप्न सिफारिस

प्रकाशित मिति :  10 May, 2021 2:00 pm


काठमाडौं । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले काठमाडौं उपत्यकाभित्र दुईहप्ता निषेधाज्ञा थप गर्न सिफारिस गरेको छ ।

केन्द्रले गरेको सिफारिसबारे उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय लिने छ । कारोना संक्रमण बढेपछि वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा लागेको छ ।

यसअघि एक हप्ता निषेधाज्ञा थप गरेर वैशाख २९ गतेसम्म पुर्‍याइएको थियो। डीसीसीएमसीको आज बसेको बैठकले फेरि दुई हप्ता १५ दिन निषेधाज्ञा थप गर्ने सिफारिस गरेको हो।

अहिले काठमाडौं उपत्यकामा दैनिक ४ हाराहारीमा कोरोना संक्रमित भेटिने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !