६ आश्विन २०८१, आइतबार

अखिल (क्रान्तिकारी)रुपन्देहीद्वारा सचेतनामूलक कार्यक्रम सञ्चालन

प्रकाशित मिति :  10 May, 2021 2:12 pm


रुपन्देही । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) रुपन्देहीले जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । जनस्वयंसेवक टिम परिचालन गर्दै कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको हो ।

जिल्ला स्तरीय स्वयंसेवक निर्माण गरि सर्वसाधारण जनतालाई निशुल्क मास्क र सेनिटाइजर वितरण,जिल्लामा रहेका उत्पीडित समुदाय,सुकुम्बासीहरुमा पुगेर उक्त जनचेतनामूलक कार्यक्रम संचालन गर्ने गरि परिचालन गरेको अखिल क्रान्तिकारी कि जिल्ला अध्यक्ष ईन्दु वलीले जानकारी दिइन् ।

जनस्वयंसेवक टिम जिल्लाका विभिन्न स्थानमा कोभिड(१९ विरुद्धको लडाइँबारे सचेतनामूलक व्यानरहरु राखिएको वलीले बताइन् ।



प्रतिक्रिया दिनुहोस !