७ आश्विन २०८१, सोमबार

बाँकेमा जेठ ३ गतेसम्म निधषेधाज्ञा लम्बाइयो [आदेशसहित]

प्रकाशित मिति :  10 May, 2021 2:50 pm


बाँके । बाँकेमा जारी निषेधाज्ञा फेरि एक हप्ता लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले आज आदेश जारी गरेर कोरोना संक्रमणको दरमा कमी नआई असहज परिस्थिति बन्दै गइरहेको भन्दै जेठ ३ गतेसम्मका लागि निषेधाज्ञा थप गरेका हुन् ।

यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गतेदेखि १५ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र मात्र लागु हुने गरि निषेधाज्ञा जारी गरिएको थियो ।

तर बाँकेमा कोरोना संक्रमण तिब्र भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले बैशाख १३ गतेदेखि बैशाख २० गतेसम्म जिल्ला व्यापी रुपमा निषेधाज्ञा जारी जारी गरिएको थियो ।

संक्रमण दर उच्च रहेको भन्दै जिल्ला प्रशासन कार्यालयले फेरि पुनः जेठ ३ गते सम्मका लागि निषेधाज्ञा जारी राख्ने बाँके प्रशासनको आदेशमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !