३ आश्विन २०८१, बिहिबार

किसान आयोगका अध्यक्ष र सदस्यहरुले लिए शपथ

प्रकाशित मिति :  10 May, 2021 3:07 pm


काठमाडाैं । राष्ट्रिय किसान आयोगका अध्यक्ष तथा सदस्यहरुले शपथग्रहण गरेका छन् । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्यमा अर्यालले आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगाललाई शपथग्रहण गराएकी हुन् ।

मन्त्रालयका सचिव, सहसचिव लगायतका अधिकारीसमेतको उपस्थितमा मन्त्रालयमा आयोजित कार्यक्रमकाबीच सपतग्रहण कार्यक्रममा शपथग्रहण गरिएकाे हाे।

मन्त्रालय मातहतको आयोगको रिक्त पदाधिहरुको पदले सोमबारदेखि औपचारिक रुपमा पूर्णता पाएको छ । गत वैशाख १९ गतेको मन्त्रीपरिषद्को वैठकले आयोगका अध्यक्षमा दंगाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।

आयोगका नवनियुक्त सदस्यहरुमा, विज्ञ सदस्य पुष्पा भुसाल, सहकारी सदस्य टेकबहादुर बोगटी र किसान सदस्यहरू सूर्यप्रसाद खनाल, मञ्जु धिमाल र जीवन्ती पौडेललाई अध्यक्ष दंगालले शपथग्रहण गराए ।

सपथग्रहण समारोहलाई सम्बोधन गर्दै कृषिमन्त्री अर्यालले किसानका समस्याहरूमा केन्द्रित रहेर बिस्तुत अध्ययन गरी समस्या समाधानमा योगदान गर्न आयोगका पदाधिकारीहरुलाई निर्देशिन दिइन् ।

कोरोना महामारीले कृषि क्षेत्रमा पारेका असरहरूको अध्ययन गर्दै किसानलाई आवश्यक उत्पादन सामाग्रीको उपलब्धता तथा उत्पादन भएका कृषि उपजहरूलाई बजारको सुनिश्चिततामा समेत आवश्यक सुझाब नेपाल सरकारलाई पेश गर्न मन्त्री अर्यालले आयोगलाई सुझाइन् ।

मन्त्रालयसँग सहकार्य गर्दै कृषि क्षेत्रका मौजुदा नीति, ऐन, नियम लगायतका कानूनी व्यवस्थामा रहेका नीतिगत भिन्नतालाई समयसापेक्ष सुधारका सम्बन्धमा राय, नयाँ नीति, ऐन वा नियमावली निर्माणमा सहयोग, किसान कल्याणकारी योजना तर्जुमा, किसान पहुँचको सुनिश्चितता, बजार सरलीकरण, कृषि पेशालाई आकर्षित एवं सम्मानित बनाउन आवश्यक सुझाव तथा पहलकदमी, किसान संघसंगठनरूको दर्ता तथा नियमन लगायतका कार्यहरूमा नेपाल सरकारलाई सल्लाह, सुझाव सहितका कार्यहरू निरन्तर रूपमा अगाडि बढाउनुपर्ने मन्त्रीको सुझाव छ ।

नवनियुक्त अध्यक्ष दंगालसहित सदस्यहरुले कृषि विकासको लागि आयोगको भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !