७ आश्विन २०८१, सोमबार

काभ्रेमा होम आइसोलेसनमा बसेका २ सहित थप ५ जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  10 May, 2021 3:38 pm


काभ्रे । काभ्रेमा आज ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमध्य होम आइसोलसनमा बसेका २ जना छन् । होम आइसोलेसनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका वडाका छन् ।

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ ।

केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता काभ्रेमा होम आइसोलेसनमा मृत्यु भएको यो पहिलो घटना हो ।



प्रतिक्रिया दिनुहोस !