६ आश्विन २०८१, आइतबार

खोप खरिदमा भएको भनिएको भ्रष्टाचारबारे आफूलाई जानकारी नभएको प्रधानमन्त्री ओलीको भनाई

प्रकाशित मिति :  10 May, 2021 4:51 pm


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय खोप खरिद प्रकरणमा भएको भनिएको भ्रष्टाचारबारे आफूलाई जानकारी नभएको बताएका छन् ।

प्रतिनिधि सभामा विश्वासको मत माग्नेक्रममा विभिन्न दलका नेताले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले २० लाख डोज खोप ४ डलरमा खरिद गर्ने निर्णय भएको र यसमा कसरी भ्रष्टाचार हुन्छ भनेर प्रश्न गरे ।

उनले भने,“यो सरकारले सिधै खरिद गर्ने प्रकृयामा कसरी भ्रष्टाचार र व्यापारीको कुरा कसरी हुन्छ मलाई जानकारी छैन । साथीभाई कसैलाई थाहा भए जानकारी दिनुहोला, म कारबाही गर्छु । उनले कोरोना रोकथामका लागि देशभर काम गर्दापनि जस नदिएको भन्दै आपत्ति     जनाए ।”



प्रतिक्रिया दिनुहोस !