६ आश्विन २०८१, आइतबार

नयाँ सरकार गठन प्रक्रिया अगाडि बढाउन राष्ट्रपतिलाई तीन दलको आग्रह [विज्ञप्तिसहित]

प्रकाशित मिति :  10 May, 2021 6:33 pm


काठमाडौं । नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले तत्काल नयाँ सरकार गठनको प्रक्रिय बनाउन आग्रह गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै तीन दलका शिर्ष नेताले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको प्रक्रिया अगाडि बढाउनका लागि राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी,नेपालका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका तीन दलले नयाँ सरकार गठन प्रक्रियाका लागि आग्रह गरेका हुन् ।

जनता समाजवादी पार्टीका सांसद तटस्थ देखिएकाले नयाँ सरकार गठनका लागि केही संकट हुन सक्ने आँकलन गरिएको छ । तर, माओवादी केन्द्रका नेता वर्षमान पुनले तटस्थ बसेका सांसदले नयाँ सरकार गठनका लागि साथ दिने दाबी गरेका छन् ।

संसद भवनमा पत्रकारसँग कुरा गर्दै उनले उक्त दाबी गरेका हुन् । उनले भने,”जसपाको एक पक्षले मत नदिनुको अर्थ प्रधानमन्त्रीप्रति विश्वास नहुनु हो। उहाँहरूले पनि अब बनाउने सरकारमा सहयोग गर्नुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस !